Flash

लोक गीत संगीतमा आफनो लय, शब्द तथा गायकी क्षेमतालाई श्रोता दर्शक माझ निरन्तर पस्किदै आएका गायक तथा संचारकर्मी लब कुमार भट्टले भर्खरै मात्र ठट््यौली पाराको तिज गीत बजारमा ल्याएका छन् । साली र भेनाको बिषयबस्तु उठान गरिएको कमेडी शैलीको तिज गितमा भेनाले सालीलाई लान्छु भनेता पनि सालीले दिदि माथि जानु हँदैन र बहुबिवाह गर्नु हुुँदैन भन्ने मुख्य सन्देश दिन खोजीएको छ । लय तथा शब्द समेत भट्टको रहेको यस गीतमा स्मृति तिमिल्सिना संगै भट्ट आफैले स्वर दिएका छन् ।

कमेडी शैलीमा तयार भएको यस म्युजीक भिडियोमा चर्चित हाँस्य टेलीश्रृंखला मेरी बास्सैका पात्र राजु पौडेल (राजु मास्टर) र राजु मास्टरकी श्रीमतीको भुमीका निर्वाह गर्दै आएकी अनिता बस्नेत ( मास्टरनी) संगै सालीको भुमीकामा स्मृति तिमिल्सिना (गुरु आमा) लाई रोचक भुमीकामा देखाइएको छ । यस म्युजिक भिडियोको छाँयाकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन प्रकाश धमालाको रहेको छ । यस गितको निर्देशन चर्चित निर्देशक स्मृति तिमिल्सिना ( गुरु आमा) ले गरेकी हुन् भने बजारमा पनि गुरु आमा फिल्मस् प्रा.लि.बाट ल्याइएको हो ।

Published date : 2018-08-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ