Flash
काठमाडौँ भाद्र १ – देख चेम्स ग्रुप सांस्कृतिक समुह भेटघाट कार्यक्रम भाग ८४ यहि अगस्ट १४ मा मुम्बईको मुलुण्डमा सम्पन्न भएको छ । बिगत १६ बर्ष देखी भारतको बिभिन्न शहरमा नेपाली संस्कृती १८४ कार्यक्रम गर्दै आएका श्री चेतमान खड्काको आयोजना रहेको थियो । सो कार्यक्रममा नेपालका बिभिन्न चर्चित कलाकारहरुको प्रस्तुती रहेको थियो । जस मध्य नेपालकी चर्चित हट नायिका एबम् मोडल शुस्मा अधिकारीको बिशेष प्रस्तुती रहेको थियो । उनले आफ्नो बिशेष प्रस्तुतीले लाखौ दर्शक श्रोताहरुको मन जित्न सफल भएकी छिन् ।
शुस्मा अधिकारी दर्जनौ म्युजिक भिडियो र फिल्ममा अभिनय गरेकी छिन् । उनी आजकल देश तथा बिदेशका स्टेज कार्यक्रमहरुमा ब्यस्त छिन् । सोही क्रममा उनी अहिले भारतका बिभिन्न शहरमा हुने कार्यक्रमहरुमा ब्यस्त छिन् । नायिका तथा मोडल अधिकारी केही साता उनी भारत मै रहने कुरा जानकारीमा आएको छ ।
हाल भारतमा उनका शुभचिन्तकहरुले उनी सँग भेट्ने, फोटो खिच्ने र उनको प्रस्तुती कार्यक्रम हेर्न आउने दर्शकहरुको भिड लागि रहेको छ । नायिका तथा मोडल शुस्मा अधिकारीको अझै ब्यस्तता बढोस् र लाखौ दर्शक श्रोताहरुको मन जित्न सफल हुनु यहि छ हाम्रो तर्फबाट सफलताको शुभकामना ।
Published date : 2018-08-17