Flash

राजु बोहरा–काठमाडौँ । खोटांग जिल्लामा जन्मिएकी गायिका आशा लामा बिगत २०५७ साल देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल छिन् । उनको हिलेबाट भोजपुर जाने दाई लगाएतका धेरै गीतहरु अशंख्य संगीत पारखीहरु माझ अहिले पनि डिजिटल बजारमा रहेका छन् । आशा केहि समय अगाडी सम्म सांगीतिक क्षेत्रमा शसक्त रुपमा रहे पनि केहि बर्ष बिभिद कारणले पछाडी रहेकी थिइन् । तर यसरी पछी बस्दा आफ्ना अशंख्य संगीत पारखी श्रोता एवम् दर्शकहरुले दिनुभएको मायाले आफु छटपटीमा रहेको र आफुलाई लागेको संगीतको नशाले फेरी यसै क्षेत्रमा फर्किएको उनि बताउछिन् ।

केहि बर्षको अन्तराल पछी पुनः सांगीतिक क्षेत्रमा होमिएकी गायिका आशा अब भने यस क्षत्रबाट टाढा नहुने बिस्वाश ब्यक्त गर्छिन् । उनको पछिल्लो समयमा नेपाली नारीहरुको महान चाड हरिलातिका तिज २०७५ साललाई लक्षित गर्दै “छम छम” बोलको गीतको साथमा पुनः आगमन भएको हो । यस गीतमा आशा स्वयम् को एकल स्वर रहेको छ भने लय सप्रेमको र शब्द देव दत्त भट्टको रहेको छ । गीतको मिठासता जस्तै यस गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा आशा, दामोदर, आंचल र डी.जे नानिको आकर्षक अभिनय देख्न सकिन्छ । यस भिडियोलाई निर्देशन बिजय राज ले गरेका हुन् भने छायांकन ज्ञान कुमार कटेल र सन्तोष पोख्रेल त्यसैगरी सम्पादन निर्देशक स्वयम् बिजय राजले गरेका छन् । हामी गायिका आशा लामा लाई निरन्तर सांगीतिक यात्राको शुभकामना ब्यत गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-08-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ