Flash

राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतहरुले पछिल्लो डिजिटल बजार ढाकेको छ । यो समयमा बिगत केहि बर्ष यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा समर्पित रहेर आफ्नो कलाकारिता यात्रालाई अगाडी बढाईरहेकी गायिका शान्ति रिजाल पनि यस भिड बाट अलग रहन सकिनन् । त्यसो त शान्तिले हरेक बर्ष नै नेपाली गीत संगीतका अनुरागीहरुका लागि बिभिन्न गीत संगीतहरु बजारमा ल्याउने गरेकी छिन् । सोहो क्रमको निरन्तरता पनि हुन सक्दछ, उनले यस बर्ष पनि तीज सांगीतिक कोसेली “चेलीको तीज” बोलको गीतलाई सार्बजनिक गरेकी छिन् ।

तीज गीत भनेको हरेक नारीहरुको कथा व्यथामा  आधारित हुन पर्दछ, र यस्ता गीतलाई चिलिकै स्वरबाट सजिसजावट गर्दा अझै आराम्रो हुने हो, तर पछिल्लो समय पुरुष हाबी भएको तीज गीतको भिडमा उनले यस गीतलाई वास्तविक तीज गीतको सुगन्ध सहित बजारमा ल्याएकी हुन् । यस गीतमा शान्ति स्वयम् कै कर्णप्रिय स्वर लहरी सजिएको छ भने लय र शब्द शिब हमालले भरेका छन् ।

प्रस्तुत गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ भिडियोमा तारा कार्कीको नृत्य सहितको अभिनय देख्न सकिन्छ । “चेलीको तीज” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन निश्चल के.सी ले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन अमृत चापागाईंले गरेका छन् । गीतको अडियो तथा भिडियोको कपि राइट्स सवाधिकार ओम शान्ति फिल्म्स संग रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-08-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ