Flash

प्रकाश बराईली अभिब्यक्ती काठमाडौं , नेपाल के एस आर भुभिजको प्रस्तुती चेतना मुलक टेलिसिरियल क्राईम क्रसको आज भदौ १ गते शुभ मुहर्त कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम नारायण खड्काको सभापतित्वमा सम्पन्न भएको हो । बरिष्ठ गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व केन्द्रिय अध्यक्ष दुर्गा रायमाझीको प्रमुख आतिथ्यता रहेको यस कार्यक्रममा पुर्व डिएस्पी राजेन्द्र सिक्देलको बिशेष उपस्थिीती रहेको थियो । कार्यक्रममा रमेश बिजी, बिशाल कोईराला, प्रिती आले, पुरुषोत्तम थापा, नन्दा बस्याल, किरण अधिकारी, राजकुमार ट्राली, टंक केसी, हिरा बिश्वकर्मा, दिपाशा बिसी, प्रकाश बस्नेत, शितल बस्याल लगायत धेरै कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

उक्त टेलिसियलमा लेखन रमेश बिजी, निर्देशन सुवास केसी र के एस आर प्रकास बस्नेतको रहेको छ । यस क्राईम क्रस टेलिसिरियलमा कलाकार छनौट कार्य जारी रहेको कुरा जानकारीमा आएको छ । समाजमा घटेका अपराधिक गतिबिधी माथी चिरफार गर्नुका साथै पर्दाफास गर्ने र समाजमा चेतना फैलाउने कार्यका लागी यो सिरियलको सुरुवात गरिएको कुरा सोही टेलिसिरियल निर्देशक सुवास केसीले बताए । यो टेलीसिरियल केही समय पछि टेलिभिजनको पर्दामा पनि हेर्न पाउने कुरा निर्देशक केसीले जानकारी गराए । राजेश बर्देवाको सञ्चालन रहेको शुभ मुहर्त कार्यक्रममा उपस्थिीत महानुभावहरुले सफलताको लागी शुभकामना ब्यक्त गरेका थिए । यो युनिटलाई हाम्रो तर्फबाट पुर्ण सफलताको लागी शुभकामना ।

Published date : 2018-08-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ