Flash
काठमाडौं, भदौ १ । नेपाली मोडलिङ क्षेत्रमा राम्रो सम्भवना भएका प्रकाश घिसिङको अभिनयमा गायक युवराज चौलागाईँको आधुनिक गीत‘ पर्खि बस है माया’ सार्वजनिक भएको छ। म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल मार्फत बजारमा आएको सो गीतमा प्रेमका भावहरुलाई रोचक रुपमा समेटिएको छ । आफनी मायालुलाई भेटनको लागी भिरको कठिन यात्रा गदैँ मायालुको गाउँमा जान तयार भएका छन ।
प्रकाश घिसिङ र सुशिला थापाको अभिनयमा रहेको भिडियोलार्इ युवा पुस्ताले निकै रुचाएका छन । मुकेश हुमागाईँको छायाँकन, प्रदिप दाहालको सम्पादन , जनक सिंहको निर्देशन भिडियोमा रहेको छ
हेर्नुहोस भिडियो
Published date : 2018-08-17