Flash
काठमाडौँ भाद्र ४- रन्जितकुमार क्षेत्रीको जन्म दिनको अवसर पारेर निर्देशक क्षेत्रीले फिल्मको पहिलो गीत सार्बजनिक गरेका छन् । उनले आउँदो मंगसिर १४ गतेबाट देशभरका सिनेमाघर हरुमा पर्दशनमा आउने नेपाली कथानक चलचित्र “रमीता” मा समाबेश चुपचाप चुपचाप बोलको गीत आइतबार सार्वजनीक गरिएका हुन् । सार्वजनीक गीतमा दिलीप रायमाझी, रजनी केसी र सन्दिप बुर्लाकोटीलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ ।
मुस्ताङका बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस चुप चाप बोलको गीतमा प्रमोद खरेल र स्मृति शाहीको स्वर रहेको छ । एकनारायण भण्डारीको संगीतमा तयार भएको गीतलाई प्रल्हाद सुवेदीले लेखेका हुन । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र “रमीता” को निर्माता निर्देशक क्षेत्री स्वयम् र इश्वरी कँंडेल हुन् ।
बाग्लुङ, मुस्ताङ तथा काठमाडौका बिभिन्न स्थानमा खिचिएको फिल्मका अन्य कलाकारमा सुरवीर पण्डित, प्रल्हाद सुवेदी, सबिन बास्तोला, बिनोद श्रेष्ठ, मिथुन खत्री तथा इश्वर कडेल छन् । शिबराम श्रेष्ठले खिचेको फिल्मको यो गीतको कोरियोग्राफी पनि निर्देशक रन्जित आफैले गरेका हुन् ।
चुप चाप बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2018-08-20