Flash
राजु बोहरा–काठमाडौँ । यस बर्ष नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७५ लाई लक्षित गर्दै पोहोर साल भन्दा शंख्यात्मक रुपमा धेरै गीतहरु बजारमा आइरहेका छन् । तर यस भित्र केहि गीतहरु मात्र ब्यवासाहिकतालाई ध्यानमा राखेर कलाकारहरुले बजारमा पठाईरहेता पनि आफ्नै कला संस्कृति र मौलिकता मा आधारित गीतहरु पोहोर सालको तुलनामा धेरै नै बजारमा छन् । सोहि क्रममा “बज्यो मादल घनन” बोलको गीत पनि बजारमा आएको छ ।
बर्ष दिनको चाड तीजमा सम्पूर्ण चेलीहरुले मन फुरुंग पर्दै एउटा वाताबरण को सिर्जना यस गीत बाट होस् भन्ने उदेस्यको साथमा बजारमा ल्याइएको यस गीतमा टिका पुन र डम्बर लामिछानेको सुमधुर स्वर सुन्न सकिन्छ । मानसिंह खड्काको लय सिर्जना बाट तयार भएको यस गीतलाई शब्द लाल सिंह बि.क ले तयार पारेका हुन् । निकै रोमान्चक ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा राजेन्द्र, प्रिती, प्रेम र अश्मिताको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मानसिंह खड्का, छायाँकन सागर गौतम र सम्पादन रमित ओलीले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2018-08-24