Flash
रोशन पोखरेल ,काठमाडौं , भदौ ८ । हिम सम्झौता डिजिटलको प्रस्तुतीमा संगीत शर्माको लोक दोहोरी गीत ‘ स्याङजाली नानी ’ गीतमा गायिका सञ्चिता पौडेल र संगीत शर्माको आवाजमा रहेको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम जोडिको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । लोकदोहोरी गीतमा मौलिक सृजनालाई नै आम दर्शक माझँमा पस्किएको गायिका सञ्चिताले बताइन । ज्ञानेन्द्र केसीको शब्द तथा गायिका सञ्चिता पौडेल स्यमको गीतमा लय सिर्जना रहेको छ । हरिश महराको छायाँकन , एकेन्द्र सारा शंकरको निर्देशन ,र अमर शाक्यको सम्पादन भिडियोमा रहेको छ । गीतको भिडियोमा टिना थापा मगर र ध्रुव हिमालीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।
Published date : 2018-08-24