Flash

राजु बोहरा–काठमाडौँ । मुक्तिनाथ बिकास बैंकको प्रायोजन र बिन्ध्यबासिनी म्युजिक प्रालिको प्रस्तुती तथा बिन्ध्यबासिनी फाउण्डेशनको आयोजनामा हुन गईरहेको “बिन्ध्यबासिनी संगीत साँझ २०७५” र “नवौं बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७५” मा सम्मानित हुनुहुने श्रष्टा सर्जकहरुको नाम सिफारिस र उक्त बिषयमा अन्तरक्रियात्मक कार्यक्रम हिजो काठमाडौँको नयाँ बानेस्वर स्थित इन्द्रेणी फुडल्याण्डमा सम्पन्न भएको छ ।

बिन्ध्यबासिनी फाउण्डेशनका सल्लाहकार ज्यू हरू, बिन्ध्यबासिनी फाउण्डेशनका आजिबन सदस्यज्यूहरु तथा बिन्ध्यबासिनी फाउण्डेसनबाट बिभिन्न समयमा सम्मानित हुनुभएका श्रष्टा कलाकार तथा पत्रकारज्यूहरू बाट सिफारिस भै आएको नामहरू उपर छलफल गरी निम्नलिखित व्यक्तित्वहरुलाई यस बर्षको सम्मान तथा पुरस्कार दिने निर्णय भएको जानकारी प्राप्त भएको छ । 

बिन्ध्यबासिनी संगीत साधना सम्मान २०७५ , गायिका श्री ज्ञानु राणा ज्यू लाई प्रदान गरिने उक्त “बिन्ध्यबासिनी संगीत साँझ २०७५” मा यस बर्षबाट देश संघियताको ढाँचामा अगाडी बढिरहेको सन्दर्भमा, बिन्ध्यबासिनी पत्रकारिता पुरस्कार पनि हरेक प्रदेशबाट एक जना छनौट गरि ७ प्रदेशबाट ७ पत्रकारलाई पुरस्कृत गर्ने निर्णय पनि भएको छ । “बिन्ध्यबासिनी संगीत साँझ २०७५” मा पुरस्कृत हुने पत्रकारहरुको नाम तल उल्लेख गरिएको छ ।

१ . श्री सपनी राई ज्यू (इलाम एफएम)
२ .श्री शिभम कुमार शाह  (नारायणी एफएम र बिरगंज टिभि )
३. श्री हरि बल्लभ नेपाल  ( मेरो एफएम )
४. श्री प्रकाश पौडेल  (धौलागिरी टेलिभिजन)
५. श्री अनिता खत्री  (रेडियो रेसुङ्गा )
६. श्री केशब ढकाल (भेरी एफ एम)
७. श्री कृष्ण ओली (बाजुरा एफएम र नागरिक दैनिक)

यस बर्षबाट “बिन्ध्यबासिनी संगीत साँझ २०७५”मा कुनै एक सर्जकको श्रृजना मात्र प्रस्तुत गर्ने नयाँ परम्पराको थालनी भएको कुरा पनि जानकारी प्राप्त भएको छ । जसमा यो बर्ष संगीतकार श्री अर्जुन पोखरेल ज्यूको श्रृजना गुन्जायमान रहनेछ । अर्जुन पोखरेल एकल साँझको रुपमा आयोजना हुने उक्त “बिन्ध्यबासिनी संगीत साँझ २०७५”मा अहिलेका चर्चित अनि व्यस्त संगीतकारलाई लिएर बिन्दावासिनी फाउन्डेसनको आयोजनामा मुक्तिनाथ बिकास बैंकले असोजको अन्तिम साता एकल साँझ गर्न लागेको हो ।

अर्जुन पोखरेल एकल साँझमा अर्जुन सँगै उनले संगीत तथा स्वरमा सहकार्य गरेका अन्य चर्चित गायक र गायिकाले पनि आफ्नो प्रस्तुति दिनेछन् । जसमा सुगम पोखरेल, अञ्जु पन्त, प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, मञ्जु पौडेल, रामजी खाँड, सुरेश लामा, स्वेच्छा ठकुरी, सन्तोष लामा लगायत झण्डै एक दर्जन उक्त साँझका लागि तय भएका छन् ।

साथै बिन्ध्याबसिनी म्युजिक अवार्ड २०७५ मा बिन्ध्यबासिनी लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७५ , संगीतकार श्री शक्ति बल्लभ ज्यू लाई, बिन्ध्यबासिनी संगीत रत्न सम्मान २०७५, गायक श्री सुगम पोखरेल ज्यू, बिन्ध्यबासिनी कलापत्रकारीता सम्मान २०७५ , श्री रमण घिमिरे ज्यू, बिन्ध्यबासिनी चलचित्र सम्मान २०७५, निर्देशक श्री मिन बहादुर भाम ज्यू (कालो पोथी) लाई प्रदान गरिने भएको छ । 

Published date : 2018-09-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ