Flash

काठमाडौँ भाद्र १७ – हरितालिका तीजलाई हिन्दु महिलाहरुको महान पर्बको रुपमा लिने गरिन्छ । तीज पनि नजिकिदै गरेको अवस्था छ । तीजको अवसरमा देश तथा बिदेशमा तीज बिशेष कार्यक्रमहरुको आयोजना हुने क्रम जारी छ । लाखौ युवाहरु रोजगारिको शिलशिलामा बिदेशिने गरिरहेका छ्न । त्यसै क्रममा अस्ट्रेलियालाई कर्म थलो बनाएका लाखौ नेपालीहरुलाई लक्षित गरि राप्ती समाज अस्ट्रेलियाले पहिलो पटक इनटरनेस्नल म्यूजिक अवार्ड अस्ट्रेलियावाट वितरण गर्ने भएको  छ ।

यहि सेप्टेम्वर ८ तारेखका दिन आयोजित कार्यक्रममा विभिन्न विधाका झण्डै एक दर्जन कलाकारहरु सहभागी हुँदैछन । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई मध्यनजर गर्दै आयोजित कार्यक्रममा आधुनिक तर्फ प्रकाश रेग्मी, लोक तथा आधुनिक तर्फ सिन्धु मल्ल, लोक दोहोरी तर्फ कृष्ण रेउले र राधिका हमाल तथा चलिचित्र तर्फ नायक पल शाह लागायतका कलाकारहरु सहभागी हुने आयोजक समाजका अध्यक्ष नरेश रेग्मीले बताएका छन । विभिन्न विधामा भण्डै २ दर्जन अवार्ड वितरण गर्न लागिएको कार्यक्रमलाई बाबा इजुकेशन कन्सल्टेन्सीले प्रायोजन गरेको छ । उच्च शिक्षा तथा रोजगारका लागि विदेशिएका नेपालीलाई चाडपर्वका वेला घरको यादले सताई रहेको यस समयमा यो कार्यक्रमले मनोरञ्जन दिने आयोजकले विश्वास लिएको छ ।

लोकदोहोरी भने पछि हुरुक्कै हुने नेपालीहरु सहभागीहुने कार्यक्रममा चर्चित गाएक कृष्ण रेउले र राधिका हमालको दोहोरीले स्टेज तताउने छन भने, आधुनीक तर्फ प्रकाश रेग्मी र सिन्धु मल्लले मन्त्रमुग्ध बनाउने छन । नेपाली चलचित्र क्षेत्रमा चर्चाको शिखरमा पुग्दै गरेका नायक पल शाह संगै अस्ट्रेलियामा वसेका नेपालीले नाच्दै रमाउने अवसर पाउने छन । यस कार्यक्रमको पुर्ण सफलताको लागि हाम्रो तर्फबाट शुभकामना ।

Published date : 2018-09-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ