Flash
आर पोखरेल , काठमाडौं, कार्तिक २९ गते । देवि म्युजिक सोलुसनको प्रस्तुतिमा गायक रमेश गोरखाली र गायिका रचु थापाको लोकदोहोरी एल्बम “बत्ति झै बलेकी” आजबाट बजारमा आएको छ । नेपाली मौलिक परम्परा र सस्कार भित्र पर्ने रोधी घरमा भेटिएकी मायालुको प्रसंसा गर्दै गितलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । माया प्रेमका सम्वादहरु लयात्मक रुपमा समेटने प्रयास गरिएको छ । लोप हुने अवस्थामा रहेको रोधी बस्ने परम्परालाई जिबन्त राख्नको लागी गितमा खोजिएको छ ।
आम दर्शक श्रोताको माग बमोजिम जिवनको भोगाईमा आधारित भएको तयार पारिएको गितमा मौलिकतामा विशेष रुपमा जोड दिइएको छ । यस गीतमा निश्चल दवाडीको शब्द , सुरज लामिछानेको संगित रहेको छ । सागर गौतमको छायाँकन, अविनास डिसीको सम्पादन , काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “बत्ति झै बलेकी ”को करिष्मा ढकाल, रमेश गोरखाली र राजकुमार सुगमको अभिनय रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2017-11-16