Flash
आर पोखरेल , काठमाडौं, कार्तिक २९ गते । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा अहिलेका निकै चर्चित गायक पुष्कल शर्मा र गायिका देवि घर्ति मगरको मार्मिक लोकदोहोरी एल्बम “प्युठान झर्छु मायालु” आजबाट युटुव मार्फत बजारमा आएको छ । कसैको चोखो मायामा घात हुदाँ मायामा हुने विचलन र दुखको पिडालाई गितमा ब्यक्त गर्न खोजिएको छ । आफुले गरेको विश्वासको सम्वन्धलाई तोडने मायालुलाई छुटने बेलामा भन्न नपाएका मनका भावहरु गितमा व्यक्त गरिएको छ ।
जिवनको भोगाईमा आधारित भएको तयार पारिएको गितलाई मौलिकतामा विशेष रुपमा जोड दिइएको छ । यस गीतमा नविन मगरको शब्द सिर्जना , सागर केसीको संगित रहेको छ । सागर गौतमको छायाँकन, मिलन विश्वकर्माको सम्पादन ,विष्णु कुवँरको निर्देशन भिडियोमा रहेको छ । “प्युठान झर्छु मायालु”मा विष्णु कुवँर , निता मगरको अभिनय भिडियोमा रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2017-11-16