काठमाडौँ – नयाँ नयाँ गीत संगीत पस्कने क्रममा ब्लुबेल्स क्रियशनले नयाँ गीत आफ्नो युटुब च्यानलबाट सार्वजनिक गरेको छ । ‘लाहुरे’ बोलको यस गीतमा सुमन केसीको स्वर तथा संगीत रहेको छ भने बिकाश थापाले शब्द कोरेका छन् । सुमन केसी कै संगीत संयोजनमा रहेको यस गीतको भिडियो निर्देशन तथा सम्पादन सौगात आशकको रहेको छ । बिदामा आएको लाहुरे बिदा सकिएर फर्किने बेलाको भाव बोकेको यस गीतमा टिपिकल गाउले पनमा केही ग्ल्यामरको फ्युजन मिसाएर भिडियो निर्माण गरिएको निर्देशक सौगात आशकले जानकारी दिए । अखिल बास्तोलाले छायांकन गरेको यस गीतको भिडियोमा सुमन र एलिजाको अभिनय देख्न पाइन्छ । भिडियो हेर्न तल क्लिक गर्नु होला ।