Flash

काठमाडौँ भाद्र २२ – नेपाली मौलिक गीत तथा श्रस्टाहरुको संरक्षण गर्ने उदेश्यले सहयात्रा नेपालको आयोजनामा हिजो भाद्र २१ गते राष्ट्रिय नाच घर जमलमा  मौलिक श्रस्टा तथा उत्कृठ सात गीत सम्मान सङ्गै राष्ट्रिय मौलिक तीज गीत प्रतियोगिता तथा बिबिध सास्कृतिक कार्यक्रम २०७५ सम्पन्न गरेको छ । मिना बज्राचार्यको सभापतित्व रहेको कार्यक्रममा माननीय मन्त्री पद्मा अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

यस कार्यक्रम अन्य कार्यक्रम भन्दा पृथक रहेको थियो । देशमै छाडा गीतहरुले प्रशय पाइरहेको बेला यो कार्यक्रमले गर्दा आफ्नो मौलिक लोक सस्कृतलाई पनि बिर्सन हुदैन भन्ने छाप छोडेको छ । कार्यक्रममा कार्यक्रम निर्देशक चन्द्र शर्माले स्वागत मन्तव्य राख्दै पुराना श्रस्टाहरुको सम्मान र लोक सस्कृतीको जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रम को आयोजना भएको बताए ।

औपचारिक कार्यक्रमको सन्चालन प्रखर बक्ता एबम कुशल कार्यक्रम सन्चालक शशी शर्मा मजगैया ले गरेका थिए भने प्रतियोगिताको सन्चालन गायिका तथा प्रस्तोता सितल शर्माले गरेको थिइन् । सो कार्यक्रममा सात उत्कृठ तीज सृजना श्रस्टा सम्मानमा शर्मिला गुरुङ्ग, हरि बिस्ट, रिता थापा, लक्ष्मि न्यौपाने , बिष्णु माझी , बिमाकुमारी दुरा, हरिदेबी कोइराला सम्मानित भएका थिए । यस प्रतियोगितामा लोक दोहोरी गीत प्रतिस्ठान उपत्यका समन्वय लाजिम्पाट समिती प्रथम, ललितपुर समिति दोस्रो, अनामनगर समिती तेस्रो हुन सफल भएका थिए ।

प्रथम पुरस्कार ३,३३३३ , दोस्रो पुरस्कार २२,२२२ , तेस्रो पुरस्कार ११,१११ रहेको थियो । कार्यक्रममा माननीय मन्त्रीहरु, बिशिस्ट कलाकारहरु, अग्रज ब्यक्तिहरु, बिदेशी पाहुनाहरु, पत्रकार एबम संचारकर्मिहरुको बाक्लो उपस्थिती रहेको थियो । सोही कार्यक्रममा उपस्थित हुने सबैलाई दर र खाजा पनि खुवाईएको थियो । कार्यक्रमलाई मिडिया संयोजन प्रकाश बराइली “अभिव्यक्ति” ले गरेका थिए । यस कार्यक्रम भब्य रुपमा सफल बनाएकोमा आयोजकलाई हाम्रो तर्फबाट हार्दिक बधाई ।

Published date : 2018-09-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ