Flash

काठमाडौ । लोकप्रिय अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘रोज’ शुक्रबारबाट मुलुकका ९५ ओटा सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ । रोजी मुलुकका मल्टिप्लेक्सदेखि सिँगल थिएटरका सबैजसो हलमा यो सिनेमा लागेको हो । काठमाडौंको गोपिकृष्ण, गुण, अष्ट, बिग लगायतका धेरैजसो सिनेमा हलमा बिहानदेखि नै हाउसफुल भएको छ । यसका वितरक गोबिन्द शाहीले दिउँसो ११ बजेको शो पनि धेरै ठाउँमा हाउसफुल भएको जानकारी गराएका छन् । अर्का वितरक मनोज राठीका अनुसार पोखरा, धरान, दमक, बिर्तामोड, इटहरी, बुटबललगायतका शहरका सिनेमाहलमा पनि सो हाउसफुल छ । फिल्मले शुक्रबार बिहानीको शोबाटै आक्रमक व्यापार गरेको वितरकले बताएका छन् ।

यो चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् । चलचित्र रोज लभ स्टोरी क्राईम जनरामा निर्माण भएको उनले बताए । सिनेमाले सबै प्रकारका दर्शकको मन जित्ने विश्वास आफुले लिएको निर्देशक पौडेलले जानकारी गराएका छन् । गोपिकृष्ण मूभिज र आरोही फिल्म्सले संयुक्त निर्माण गरेको रोजका शुक्रबार बिहान काठमाडौंका बिग मूभिजमा प्रिमियर शो गरियो । शोमा सञ्चारकर्मी तथा चलचित्रकर्मीले सिनमा सोचे भन्दा राम्रो बनेको प्रतिक्रिया दिए । बिहानै देखि यो चलचित्रका अभिनेता प्रदीप खड्का, अभिनेत्री पारमिता आरएल राणा, मिरुना मगरलगायत प्रेस शो तथा सिनेमा हल पुग्दा दर्शकबाट घेरिएका छन् ।

यो चलचित्रमा अभिनेता प्रदीप, पारमिता, मिरुनालगायत कर्मा शाक्य, बरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुषाल, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, प्रदीप दाहाललगायत छन् । अभिनेता प्रदीप खड्काले बिगतको भन्दा रोजमा फरक काम गरेको बताएका छन् । एउटा सामान्य व्यक्ति कसरी आफुले सबैभन्दा बढी चाहेको प्रेमिकाको हत्या गर्न विवस भयो भन्ने भूमिकामा दर्शकले आफुलाई यो फिल्ममा हेर्न पाउने पनि उनले बताए ।

अभिनेत्री मिरुनाले यो फिल्ममा आफु विकलको भूमिकामा भएको बताएकी छिन् । अर्की अभिनेत्री पारमिताले आफु मोडलको भूमिकामा भएको खुलाएकी छिन् । अग्रज चलचित्रकर्मी उद्धब पौडेलको प्रस्तुति रहेको रोजलाई मणिकरण केसी, आर्या पौडेल र आरोही केसीले निर्माण गरेको हुन् । रोजमा राजुबिक्रम थापाको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

Published date : 2018-09-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ