Flash

राजु बोहरा काठमाडौँ भाद्र २८ –  पछिल्लो समयमा बजारमा आएको  दोहोरी गित, डिम्पल गालैमा, छोटो समय मै निकै चर्चा मा रहेको छ । गायक नकुल ढकाल “नबिन” को प्रस्तुतिमा रहेकोयस गीतलाई बिन्ध्याबासिनी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको हो । अनकुल ढकाल “नबिन” र प्रिती आलेको कर्णप्रिय स्वर लहरिले सजिएको यस गीतलाई लय तथा शब्द सिर्जना पनि नकुल ढकाल “नबिन” ले नै गरेका हुन् । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमाप्रकाश सपुत र रिना थापाको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन प्रकाश एस. के ले गरेका छन् । हामीले यस गीत संग सम्बन्धित कलाकार नकुल ढकाल “नबिन ज्युलाई केहि भलाकुसारी गरेका छौं ।

नकुल जि नमस्कार, अनि स्वागत छ ।
हजुर मेरो पनि नमस्कार, साथै अबसरका लागी धन्यबाद ।
के छ डिम्पल गालैमाको खबर के छ ?
हजुर ठिकै छ, सुन्ने जति दर्शक श्रोताको कुरालाइ नै हामिले सम्मान गर्ने हो, उहाहरुको प्रतिक्रिया राम्रो छ, न आत्तिनुस गित राम्रो छ दीर्घकालीन चल्छ भनेर आश्वासन दिनुभयको छ ।
ए ए अनि तपाइको गीतको भियर्स त कमै छ त ?
हजुर आजकल गित को मापन भियर्सबाट हुने गरेको छ यो अत्यन्तै गलत हो, किन कि कुनै कुनै गितमा पचास लाख भियर्स देखिन्छ तर चर्चा सुन्य जस्तै हुन्छ, तर कतिपय गित युट्युबमा भियर्स नै नहुदा पनि देश बिदेस सम्म घन्कियका हुन्छन, असली श्रोता बिस हजार मात्र भय पुग्छ नक्कली करोडौ भियर्स भन्दा ।
अब महत्वपुर्ण प्रश्न, आजको युगमा गित संगीतमा लगानी के का लागी, मत्लब बुझ्नु भो रु उपलब्धी के हो प्रोडुसरको ?
महत्वपुर्ण प्रश्नको लागि धन्यबाद, १, सस्कार र सस्कृती जगेर्नाकालागी २, आत्म सन्तुस्टीका लागी ३, नाम र चर्चाका लागी
४, हावा तालमा लहै लहैमा लागेर घरबार बिहिन बन्नका लागी ५, मोज मस्तिका लागी ६, ब्यबसायिक कलकारिताका लागी अत्यनतै न्युन मात्र १०५ ।
आहा १११ उत्तर त बडा गहिराइ सम्म पुगेर दिनु भो, हजुर को लगानी के का लागी त, हजुर कुन नम्बर ?
म एक र दुनि नम्बरका लागी, आत्म सन्तुस्टी र सस्कारको लागी, किन कि म ब्यबसायिक बन्ने सोच पनि छैन र नसकी नसकी डुबेर काम गर्ने मोह पनि छैन, मेरो कमाइको केहि प्रतिसत मेरो गित संगीतमा समर्पित गरिरहेछु ।
तपाइको बारेमा केहि जानकारी ?
स् हजुर नाम त भनीहल्नु भो, जन्म बाग्लुङ बलेवा, केहि समय भारतको चेन्नैमा रोजगार, त्यस्पछी अहिले म्याग्दिमा ढकाल सोलर सन्चालन गरेर बसेको छु, गित संगीत र साहित्यमा रुची राख्छु ।
के भन्न चाहानुहुन्छ, आगामी पिँढिलाइ ?
गन्तब्य, उद्यस्य, जिबनको अर्थ, तपाईंको क्षमता, यि कुराहरुलाइ बुझेर कुनै पनी क्षत्रमा लाग्नुस, लहै लहैमा लागेर जिन्दगी अझै युबाअबस्था खेर नफाल्नुस, जस्का कारण बुढेसकाल आफैलाइ हरो बनोस घिणा बनोस, र दुनियको अप्रीय पात्र भयर बाच्नु परोस ।
मिठो सम्बादका लागी धन्यबाद ।
हजुरलाइ पनि एति मिठो भेट जुराउनु भयकोमा धन्यबाद, र तपाईंको सम्पुर्ण युनिटलाइ पनि म आभार प्रकट गर्दछु ।

डिम्पल गालैमा बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-09-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ