Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत, त्यसमाथि पनि काँठ क्षेत्रको उर्बर भुमि मानिने सिन्धुपाल्चोक जिल्लाका धेरै चर्चामा आएका कलाकारहरु पछिल्लो समय पलाएन भैरहंदा नव कलाकारहरुको प्रसस्त मात्रामा आगमन भैरहेको छ । सोहि क्रममा यतिबेला अमृत आचार्य (माइला गुरु) पनि सिन्धुपाल्चोक जिल्लाको सान बन्दै लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका छन् । आफ्नै जिबन भोगाई “पछुतो” बोलको गीत बाट आफ्नो सांगीतिक यात्रा शुभारम्भ गरेका उनले “मलाई माया गर्छौ कसरी” र “मेरो को छ र” बोलको गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भैसकेका छन् ।

यिनै गीतको चौतर्फी सफलता पछी अमृतले यस बर्षको दशैँ तिहार गीत पनि बजारमा ल्याएका छन् । उक्त गीत “दशैँ आउदा हुन्छ के गरौँ” बोलको रहेको छ ।प्रस्तुत गीतमा अमृत आचार्य (माइला गुरु) र शर्मिला गुरुंगको कर्णप्रिय स्वर लहरी सजिएको छ । बिशेष गरी चाडबाडको मुखमा परदेशिनु पर्दाको पिंडालाई बुलन्द गरिएको यस गीतलाई लय अमृतले नै तयार पारेका हुन् भने शब्द रत्न बानियाले तयार पारेका छन् । गीतको म्युजिक भिडियो पनि निकै मार्मिक बनेको छ ।

भिडियोमा भुवन श्रेष्ठ मुस्कान, रत्न बनिया, आयुस आचार्य र सगुन तामांगको अत्यन्त घत लाग्दो अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन रत्न बानियाले गरेका हुन् भने छायांकन नवराज घिमिरे र सम्पादन संगीत बानियाले गरेका छन् । अत्यन्त मन छुने बनेको हुनाले अशंख्य श्रोता एवं दर्शकहरुको उच्च रोजाई बन्नेमा यस गीत संग सम्बन्धित कलाकारहरु ढुक्क रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-09-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ