Flash

संगीत सरोबर डट कम,राजु बोहरा–काठमाडौँ । मानिसलाई खानाको परिकारमा बिभिन्न स्वादको आवस्यक परे जस्तै गीत संगीत सुन्न र हेर्नमा पनि मान्छे अनुसार फरक-फरक स्वादको आवस्यक पर्ने गर्दछ । त्यसैले पनि समग्र संगीत पारखीहरुका लागि आफ्नो तर्फबाट फरक र उत्कृष्ट स्वाद पस्किन कलाकारहरु खाइनखाई जुटिरहेका हुन्छन् । यसै क्रममा बिभिन्न गीत संगीतहरु आउने क्रममा गायक अनुराग थापा मगरको प्रयास बाट फेरी अर्को अत्यन्तै फरक शैलीको गीत लोक दोहोरी गीत “माकुरी जाल बुन” भर्खरै बजारमा आएको छ 

बहुचर्चित सर्जक एक नारायण भण्डारीको लय तथा शब्द सृजनामा रहेको यस गीतमा प्रीति आले र गायक अनुराग थापा मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको भाव अनुसार म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेर अहिले नेपाली सांगीतिक बजारमा छाएको छ । भिडियोमा बहुचर्चित गायक तथा मोडेल राम्जी खांड,आरुशी मगर संगै दल मगर र मुना मगरको सुन्दर अभिनय देख्न सकिन्छ । मौसम हिमाली द्वारा निर्देशित भिडियोलाई छायांकन दुर्गा पौडेलले गरेका हुन् भने प्रबीन रेश्मी मगरले सम्पादन गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला 

Published date : 2018-09-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ