Flash
काठमाडौँ भाद्र ३१ – नेपालका चलचित्रकर्मी, संगीतकार, साहित्यिकार, पत्रकार, हास्यकलाकार तथा मोडेलहरुको साझा र आधिकारिक छाता संगठन नेपाल राष्ट्रिय मोड्लिङ्ग सघले आज होटेल अन्नपुर्णामा एक कार्यक्रमको आयोजना गरेर पत्रकार, कलाकार र समाजका प्रतिष्ठित व्यक्तिलाई सम्मान गरेको छ । राष्ट्रिय योगदान पुराउने व्यक्तिलाई नेपाल आमा रत्न पुरस्कार बितरण र सम्बोधन गर्दै सभामुख कृष्ण बहादुर महराले कलाकार र क्षमतावान नागरिक नै राष्ट्रको असली सम्पत्ति भएको बताए । उनले भने,”यस्ता देशभक्तको कदर, प्रोत्साहन र मुल्यांकन सरकारले गर्नुपर्ने थियो, तर अवस्था यस्तो सिर्जना भयो, यो सम्मान कार्यक्रम कलाकर्मीको साझा संघ नेमोसंघ लगायतले गरेकोमा धन्यवाद दिन चाहन्छु ।”
त्यस्तै पुर्ब उपप्रधानमन्त्री एअवम नेकाकी नेता सुजाता कोइरालाले हिजो बिदेशी हिरो, हिरोईन, मोडेल, संगीतकार र बैक सिईओको वर्चस्व रहेको देश नेपालमा छोटो अवधिमै निकै उत्साहजनक प्रगति भएको बताईन । नेता कोईरालाले संघीय लोकतान्त्रिक गणतन्त्र ब्यवस्थामा यस्ता सम्मानित र योग्य ब्याक्तीको ब्रेन ड्रेन रोक्नुपर्नेमा जोड दिएकी थिईन । राष्ट्रकवि माधव घिमिरे सहित मन्त्री, राजदुत, उपकुलपति, समाजसेवि, डाक्टर, इन्जिनियर, मोडेल, उच्च पदस्थ प्रहरी, प्रशासक, बैकर र सिनेकर्मीको र मिडियाको बाक्लो उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा करिब २० लाख खर्च भएको आयोजकले जानकारी दिएको छ ।
नेपाल आमा रत्न पुरष्कार द्वारा सम्मानित हुनेहरुमा शम्भुजित बास्कोटा, नायिका प्रियंका कार्की, नायिका शुस्मा अधिकारी, माल्भिका सुब्बा, डा.ओममुर्ति अनिल, डा. खगेन्द्र ओझा, ज्ञानेन्द्र ढुङ्गाना, आजाद श्रेष्ठ, चेतन सापकोटा, डा. सुनिल शर्मा, प्रकाश नारायण भण्डारी, डा. सुमननरसिंह भण्डारी, अजय सत्याल, नरेन्द्र चन्द, लक्ष्मण पोख्रेल, अनलराज भट्टराई, तोयानारायण पौडेल, ऋषिकेष तिवारी, दिपेन्द्र भट्ट, सुधा पन्त, मोहन गिरि, गोपालकृष्ण घिमिरे, ह्यान्सन गौचन,चन्द्र साउद, भोजराज भट्ट, मोतिलाल भण्डारी, जनार्दन आचार्य, सुशील भण्डारी, टिकादेवि बास्कोटा, यमुना श्रेष्ठ, नवराज पाण्डे,प्रसना पाण्डे रहेका छन ।
त्यस्तै सम्मानित हुने पत्रकारहरुमा गोपाल खनाल, कुलचन्द्र न्यौपाने, कृष्णनन्द भट्ट, मुकुन्द कालिकोटे, गजेन्द्र ओझा, गङ्गा बराल, कृष्ण सापकोटा, धनराज वास्तविक र कबिता केस रहेका थिए ।
Published date : 2018-09-16