Flash

राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज भर्खरै सकिए पश्चात अब बिभिन्न दशैँ संग सम्बन्धित गीत र अन्य माया प्रितिका संयोगान्त तथा वियोगान्त गीतहरु बजारमा आउने क्रम बढिसकेको छ । सोहि क्रममा नेपाली लोक तथा दोहोरी गीतको माध्याम बाट आफ्नो छुट्टै उच्च स्थान बनाएका सर्वप्रिय गायक मौसम गुरुङ द्वारा स्वर बद्ध इश्वर श्रेष्ठको “थोरै माया” बोलको गीत पनि सार्बजनिक भैसकेको छ । हाल प्रबासमा रहेका बहुप्रतिभासाली सर्जक ओम छिनालको मनै लोभ्याउने लय तथा शब्द सृजनाले भरिएको यस गीतमा गायक मौसम गुरुंगलाई गायिका रेजिना परियारले स्वरमा साथ दिएकी छिन् ।

संगै जिउँछु र संगै मर्छु भन्ने कसम खाएर बीच बाटो मै अलपत्र पारिदिएको वियोगान्त यस गीतको प्रेम भावलाई थप म्युजिक भिडियो मार्फत पनि प्रस्ट पारिएको छ । भिडियोमा चक्लेटी अनुहार एम.बि गुरुङ र संचिता शाहीको अभिनय देख्न सकिन्छ । मोडल एम.बि ले यस अगी पनि धेरै म्युजिक भिडियोमा काम गरेर अशंख्य दर्शकहरुको उच्च रोजाई बनिसकेका छन् । किशोर श्रेष्ठको निर्देशनमा तयार भएको “थोरै माया” बोलको गीतको म्युजिक भिडियोलाई छायांकन अजय रेग्मीले गरेका हुन्यां भने सम्पादन दिपक बिष्टले गरेका छन् गीतको अडियो तथा भिडियोको     सर्वधिकार शितल शिजन डिजिटल प्रालिलाई रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-09-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ