Flash
राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज भर्खरै सकिए पश्चात अब बिभिन्न दशैँ संग सम्बन्धित गीत सार्बजनिक हुन् थालेका छन् । हाम्रो देशमा बेरोजगारी समस्याको कारण अशंख्य नेपालीहरु दिन प्रतिदिन पर्देशिन बाध्य बनिरहेका छन् । यसरी पर्देशिन पुगे पछी’ वर्ष दिनको चाड दशैं तिहार आफ्नै घर परिवार संगै मनाउन नपाउँदा मन कस्तो होला ? हामि नेपालमा हुनेहरुले त्यसको थोरै पनि महसुस गर्न नसकौला तर पनि बेला बखत कलाकारहरु बाट सृजित यी गीतहरुले उनीहरुको वास्तविकतालाई बुझाउने गर्दछ ।
हो यस्तै भावमा सजिएको एक गीतलाई मेशना डिजिटल प्रालिले सारबजनिक गरेको छ । प्रदिप गौतम र बाबुराम गौतम प्रस्तुतिमा “अभागी नाम बाट बजारमा आएको यस गीतमा देबी घर्ति र किरण परियारको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतलाई लय किरण परियारले नै तयार पारेका हुन् भने शब्द प्रदिप गौतम र बाबुराम गौतमले भरेका छन् । गीतको म्युजिक भिडियोमा सुष्मिता गिरि र किरण परियारको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक बिस्टले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2018-09-16