Flash

राजु बोहरा–काठमाडौँ । बिगत केहि बर्ष यता नेपाली गीत संगीतको मोडलिंग विधा बाट ख्याती कमाएकी पछिल्लो समयकी चर्चित मोडल संचिता शाही हिजो सम्पन्न भएको बिन्ध्यबासिनी संगीत साझ २०७४ बाट यहि पौष १५ गते सम्पन्न हुने बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७४ को लागि बर्षको सर्वउत्कृष्ट मोडल तर्फ बाट नोमिनेशनमा परेकी छिन् । शितल शिजन डिजिटल प्रा.लि को प्रस्तुति अनि चर्चित गायक मौसम गुरुङको बहुचर्चित एल्बम (अन्धोपन) बाट संचिता शाही र दुर्गेश थापाको मोडल जोडी बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७४ को लागि नोमिनेशनमा परेको  हो । 

यति बेला मोडल संचिताले यदि साँच्चै सबैलाई मेरो अभिनय मन परेको हो र अझै यस क्षेत्रमा लागेर निखार पन म बाट आओस भन्ने चाहनु हुन्छ भने बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७४ का लागि मलाई भोट दिएर सहयोग गरिदिनुहुन सबै सबै आफ्ना कला प्रेमी समक्ष्य अनुरोध  गरिकी छिन् । मोडल जोडी संचिता शाही र दुर्गेश थापालाई भोट गर्नका लागि केहि दिनमा भोटिंग आइडी उपलब्ध हुने कुरा पनि मोडल संचिताले संगीत सरोबरलाई जानकारी गराएकी छिन् । हामी उनको सफल कलाकारिता यात्रा एवं बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७४ को लागि शुभकामना ब्यक्त गर्दछौं 

Published date : 2017-11-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ