Flash

१ अशोज, काठमाडौं । हाम्रो नवीन नगर भन्ने देशभक्ति गीतको म्युजिक भिडियो हिजो एक कार्यक्रममा सार्वजनिक भएको छ । विमोचन कार्यक्रममा प्रदेश सांसद् योगेन्द्र राजसंग्रौलाले प्रोजेक्टरबाट २ बजेपछि विमोचन गरेपछि हाइलाइट्स नेपालको गुट्युव च्यानलबाट प्रशारण भएको छ ।

उक्त देशभक्ति गीतको भिडियो विमोचनमा तारकेश्वरनगरपालिकाका नगर प्रमुख र डा केदार नरसिंह कोसी लगायत जनप्रतिनिधिहरुले संयुक्त रुपमा भिडियो विमोचन गरेका थिए ।

भिडियो विमोचन कार्यक्रममा जनता डिजिटल फिल्मस प्रालिका संयोजक केशव लगायत भिडियो निदेशक निश्चल केसी, सम्पादन अमृत चापागाई लगायत कलाकारहकोबाक्लो उपस्थिति रहेको थियो ।

उक्त गीतको शब्द नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको अध्यक्ष रामशरण न्यौपानेको रहेको थियो भने गायकरगायीकामा रामचन्द्रकाफ्ले र पूर्णिमा लामाको मिठो स्वर रहेको छ । गीतमा आरोह नेपालीको संगीत र हेको छ भने एरेन्जर अशोक राईले गरेका थिए ।

गीतको भिडियोको छायाँकन विक्रम कार्की रदिपक गिरीले गरेका थिए । उत्पादक तथा वितरक जनता डिजिटल फिल्मस् प्रा.लि. ले बजारमा ल्याएको हो ।

सन्देशमुलक गीतको भिडियोमा ६ जना राष्ट्रिय कलाकारका साथमा साठी भन्दा बढिको कोरस रहेको छ । कलाकारहरुमा अहिलेको चर्चित मोडल करिश्मा ढकाल, सिर्जु अधिकारी,कला लम्साल, सनध्या पौडेल, सोभा भण्डारी र जस्मीन मगरको अभिनय रहेको छ र साथमा नवीन नगरका सचिव चेतनारायण न्यौपानेको अभिनय रहेको छ ।

काठमाडौंको काँठ क्षेत्रलाई समेटिएको पहिलो गीत नै यहि भएको म्युजिक कम्पनीहले बताएका छन् । काठमाडौं बाहिर यस्ता गीतहरु बनेपनि काठमाडौंमा यस्तो गीत पहिलोपटक रेकर्ड भएको कुरा ए वान म्युजिसियन स्टुडियोका प्रमुखले बताएका छन् ।

गितको हरेक शब्दशब्दले जनचेतनामुलक सन्देश दिनुका साथै समाज विकास र समृद्ध राष्ट्र बनाउने सपना बोकेको सन्देश दिन्छ । २४ घण्टाको अवधिमा २९ हजार भन्दा बढिदर्शकको मायाँ पाइसकेको छ । उक्त गीतलाई बिदेशमा बस्नेहरुले धेरै मन पराएको कुरा सामाजिक सञ्जालहरुमा आइराखेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-09-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ