Flash

नेपाली सङग खवर डटकम राजु बोहरा ,४ कार्तिक २०७४,काठमाडौं ।चर्चित लोकदोहोरी गायक सागर बोहराको निधन भएको छ । दर्जन भन्दा बढी गीत गायका सगर बोहरा उनका भतिजहरु विदेश जान लागेको बेला एकचोटी भेटुँ भनेर कोठामा जाँदा कोठाको ढोका खुलै भएको र उनी सुतिरहेकै अवस्थामा मृत भेटेका थिए । यतिबेला उनको शवलाई प्रहरीहरुले मुचुल्का उठाउने कार्य भइरहेको गायक गणेश जिसी मार्फत जानकारी प्राप्त भएको छ । फोक्सो, लिभर र प्रेसरको समस्याले ग्रसित भएको फेला पारेपछि गायक गणेश जिसी, जुनु पुन लगायतले उपचारका लागि काठमाडौं ल्याएका थिए । केही समय अघि मात्र काठमाडौंको धापासीस्थित ग्राण्डी हस्पिटलमा उपचार गराएपछि सामान्य रुपमा फर्किएका गायक बोहराले काठमाडौंको गणेशस्थान नजिकै डेरा लिएर बस्दै आएका थिए ।

उनको स्वास्थ्य स्थिति सामान्य रुपमा आएपछि बसपार्कमा कामसमेत गर्न थालेको गायक गणेश जिसीले बताए । उनका अनुसार गायक बोहरा एक्लै भएका कारण पुनः मादकपदार्थ सेवन गर्न थालेको हुँदा निधन हुन पुगेको हुनसक्ने बताएका छन् । गायक बोहराका कहिले माया लाउँदै, न्याउली जस्तै रुन्छु, अर्कैले सिन्दुर भरेको, बुटवल पोखरा लगायत जस्ता चर्चित गीतहरु बजारमा छन् । सुमधुर स्वरका धनी गायक बोहरा लामोसमय गाउँमा नै गुमनाम भएर बसेका थिए । गायक बोहराप्रति नेपाली सङग्स खवर डटकम परिवार हार्दिक श्रद्धान्जली अर्पण गर्दछ साथै शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ती मिलोस यहि कामना व्यक्त गर्दछौ ।

Published date : 2017-11-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ