Flash

राजु बोहरा–काठमाडौँ । हरेक मानिसलाई खानाको  परिकारको स्वाद फरक-फरक आवस्यक परे जस्तै नेपाली गीत संगीत सुन्ने श्रोताहरुको लागि पनि आफ्नै किसिमको चाहना हुने गर्दछ । त्यसैले पनि कलाकारहरुले आफ्नो अथाह मेहनतको माध्यमबाट अशंख्य श्रोता एवं दर्शकहरुलाई लक्षित गर्दै फरक-फरक सांगीतिक कोसेलीहरु बजारमा ल्याउने गरेका छन् । सोहि क्रममा यतिबेला रोमान्चक गीतहरुको प्यासी मनहरुका लागि प्रतिभावावान गायिका ऋतु के.सी को एक गीत बजारमा आएको छ ।

“जुनेली रातमा” नाम को साथमा बजारमा आएको यस गीतमा मनोज घिमिरे र ऋतु के.सी को सुमधुर स्वर सुन्न सकिन्छ । कुनै बेला आफ्नो मायालुलाई भेट्ने समय दिंदा, भेट्न नसकेको रमाइलो प्रसङ्गलाई केन्द्रित गर्दै तयार पारिएको यस गीतको लय तथा शब्द श्रीजनाकार मनोज घिमिरे रहेका छन् ।

गीतको बिषय बस्तु अनुसार म्युजिक भिडियो पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा अहिलेकी ब्यस्त मोडल रिना थापा मगर र देव क्षेत्रीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । “जुनेली रातमा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन कुमार के.सी ले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन बिजय तिखाररीले गरेका छन् । हामी गायिका ऋतु के.सी को सफल सांगीतिक यात्राको शुभकामना व्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-09-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ