Flash

राजु बोहरा–काठमाडौँ । जब मलाश्री धुन गुन्जिन सरु हुन्छ, तब मनमा एक किसिमको उमंग पैदा हुने गर्दछ ।यतिबेला नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित मालाश्री धुनमा सजिका  धेरै गीत संगीतहरु सार्बजनिक हुने क्रम रहेको छ । यस भित्र पनि धेरै गीत संगीतहरु आफ्नै घर परिवार संगै रहेर यो पर्व मनाउन नपाएको पिंडाहरुमा समाबेस भएर आउने गर्दछन् । दशैँ दुख मात्र होइन खुसि पनि हो, जस्तो सुकै मनमा पिंडा भए पनि हर्स उल्लासको साथ् दशैँ पर्ब मनाउन पर्छ भन्ने अभिप्रायले भर्खरै मात्र शिब दर्शन डिजिटल प्रा.लि ले गायत्री थापाको दशैँ गीत “जमरा जौका” सार्बजनिक गरेको छ ।

निकै रमाइलो सैलिमा तयार भएको यस गीतमा खुमन अधिकारी र देबी घर्ति मगरको सुमधुर स्वर रहेको छ । महेन्द्र भण्डारीको लय तथा शब्द सृजनाले सजिएको यस गीतमा निकै लामो समय देखि आफ्नो घर परिवार बाट टाढा रहेका आफ्नो श्रीमान दशैँ मान्न घर आउने भए पछिको श्रीमतीको खुसीको सेरोफेरोमा केन्द्रित रहेको छ । गीतको रोमान्चक भाव जस्तै भिडियो पनि निकै उत्कृष्ट बनाइएको छ । भिडियोमा महेन्द्र गौतम, रिचा थापा, भागवत शाह र अमृता थापाको अत्यन्त आकर्षक अभिनय रहेको छ । मदन खड्का द्वारा निर्देशित भिडियोलाई छायांकन हरिस महराले गरेका हुन् भने सम्पादन प्रविन रेशमी मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-09-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ