Flash
गायक केन मैनालीले एकल एल्बम सारा जीवनको सार्बजनिक गरे पश्चात पाएको माया निकै उल्लेखनिय छ | सारा जीवनमा शब्द, संगीत र स्वर गायक केन आफैले दिएका छन् | गायकले आफ्नै धारको एउटा अलग पहिचान बनाउनेमा संगीत विज्ञहरु भनाइ उनको सारा जीवनका गीत पछि धेरै प्रतिक्रिया आए | गायक केन धेरै वर्ष देखिको योजना र एउटा सपना साकार भएकोमा धेरै हर्सित र आभारी पनि छन् | उनेको पहिलो म्युसिक भिडियोमा विवेक सिंह ठकुरी र प्राप्ति गिरिको अभिनय रहेको थियो भने, निर्देशन प्रसन्न पौड्याल र सम्पादन सुशन मानन्धरको थियो |
सारा जीवनको नयाँ म्युसिक भिडियोको गीत “दिने भए देउ”मा भागी फुयेल र अस्मिता पुरीको अभिनय रहनेछ | यस म्युसिक भिडियो राज बस्नेतको निर्देशन र परिकल्पना, कमल राईको छायांकन र सम्पादनमा रहेको छ | यस भिडियोका लागि विशेष धन्यबाद केनले सन्जोग के.सी, सुबाश तामांग र उनका परिवारलाई ब्यक्त गरेका छन् | “दिने भए देउ”को सम्पूर्ण कार्य सम्पन्न भएको र चाडै नै विभिन्न मिडियामा बिमोचन गर्ने ओएस-नेपाललाई बताए |
Published date : 2017-11-20