Flash
काठमाडौँ असोज ४- नेपाली लोक संगीत पारखीहरुका लक्षित गर्दै हिजो मात्रै काठमाडौँको मनमैजु स्थित एकीकृत सृजनसिल समाजको भवनमा राजकुमार मगरको ‘सुनकोशिको पुल’ नामक लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरज थापा र सिता माझीको स्वर रहेको उक्त गीतलाई व्यवस्थापिका सांसद यज्ञराज सुनुवारले सार्वजनिक गरेका हुन ।
सो अवसरमा सांसद सुनुवारले विगत लामो समय देखि द्धन्द पिडित वालवालिकाहरुको संरक्षण र सिक्षा दिक्षाको व्यवस्थापन गर्दै आएको एकीकृत सृजनशील समाजलाई रु ५००० पनि सहयोग प्रदान गरेका थिए । सबैलाई राम्रो संदेश दिन एकीकृत सृजनशिल समाजले महत्तो पूर्ण भूमिका खेल्न सहयोग गरेको सांसद सुनुवारले बताए । एकीकृत सृजनशील समाजले विगत लामो समयदेखि द्धन्द पिडित वालवालिकाहरुलाई विभिद सहयोगी मनहरुबाट संकलित रकमले संचालित उक्त समाजले हाल नेपालका १२ भन्दा बढी जिल्लाका ४५ जना पिडित वालवालिकाहरुलाई आश्रय दिदैं आएको उक्त समाजका उपाध्यक्ष तथा वालगृह इन्चार्ज भिम कुमार रोक्काले बताएका छन् ।
बिमोचन गरिएको गीतमा सुरज थापा र सिता माझीको सुमधुर स्वर रहेको छ । आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ तयार पारिएको यस गीतलाई लय सिता माझी र शब्द राजकुमार मगरको रहेको छ । यस गीतको म्युजिक भिडियोमा राजकुमार मगर, टिका जैसी, र रजीना महर्जनको आकर्षक अभिनय रहेको छ । भिडियोलाई निर्देशन कर्म शेर्पाले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन प्रविन रेश्मी मगरले गरेका छन् । हामी यस गित संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
भिडियो हेर्न तल क्लिक गर्नु हला ।
Published date : 2018-09-20