Flash

राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित फेरी अर्को निकै मन छुने गीत सार्बजनिक भएको छ । उक्त गीत बाबुराम खड्का र मदनश्री नेपालीको प्रस्तुतिमा “राखे जमरा” नाममा सार्बजनिक भएको हो । बाध्यता र बिबस्ताको कारण सहरको खचाखच वस्तीमा पसिना बगाईरहनु परेको नेपालीहरुको यथार्थतालाई टपक्कै टिपेर तयार पारिएको यस गीतमा आफ्नी आमालाई यसपालिको दशैँमा पनि घर आउन पाइन, खुसि साथ दशैं मनाउनु भन्ने किसिमको संदेश पुर्याउन खोजिएको छ । गीतमा मदनश्री नेपाली र गीता देवीको कर्णप्रिय स्वर रहेको छ ।

मदनश्री नेपालीको घत लाग्दो लय शब्द बाट सुसजित गीतको म्युजिक भिडियोमा बिजय लो तामांग र सलु सिवाकोटीको जिबन्त अभिनय रहेको छ । इश्वर सिलवाल द्वारा निर्देशित भिडियोलाई छायांकन राहुल राईले गरेका हुन् भने सम्पादन निर्देशक स्वयम् इश्वरले नै गरेका छन् ।हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-09-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ