Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीत पारखीहरुका लागि यति बेला धेरै दशैँ बिशेष गीतहरु सार्बजनिक हुन थालेका छन् । यसै अवसरमा प्रतिभा म्युजिक प्रालिले श्याम मगरको दशैँ गीत “बिदेशी भुमि” पनि सार्बजनिक गरेको छ । दशैँ खुसीका लागि आउने गर्दछ तर हुँदा खाने र रमाइलो गर्ने गरिबहरुका लागि भने दशैँ दशा बनेर आएको हुन्छ । यस माथि पनि बाध्यता र बिबस्ताले पर्देशिएका हरुका लागि भने अझै पिंडादायिक बन्ने गर्दछ ।

हो यस्तै पेरिफेरीमा अशंख्य परदेशीहरुको यथार्थतालाई लक्षित गर्दै बजारमा आएको यस गीतमा शान्ति श्री परियार र बिष्णु रिजालको सुमधुर स्वर रहेको छ । केशब गदाईलिको लय र श्याम मगरको शब्द    सिर्जना द्वारा सुसजित यस गीतको म्युजिक भिडियो पनि उत्तिकै पिंडादायिक बनेको छ । बिमल अधिकारी, अन्जु श्रेष्ठ र युबराज खत्री द्वारा अभिनित यस गीतको म्युजिक भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन अमर शाक्यले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-09-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ