Flash

नेपाली लोक गायनमा परिचित नाम हो टंक तिमिल्सिना । उनले गाएका गितहरु प्रायः जसो नाचौ नाचौ लाग्ने हुन्छन् । यता अर्का गायिका टिना भट्टराई नवोतित छिन, तर स्वरमा दम देखिन्छ । उनले पनि नाचौ लाग्ने गीतमा बढी जोड दिएको पाईन्छ । हाल यहि २ हस्तिको युगल गायकीमा सुदुर-पश्चिम्को देउडालाई पनि समाबेश गरेर छमछम नाच्ने एक भिडियो सार्बजनिक भएको छ ।‘छुच्ची मायालु’ बोलको गीतमा टंक तिमिल्सिना र टिना भट्टराईको आवाज रहेको छ भने गीतमा संगीत पनि गायक टंकले नै भरेका छन् । लेखु सहयात्री र गायिका टिनाको संयुक्त शब्द रहेको गीतलाई श्याम श्वेत रसाइलीले एरेन्ज गरेका हुन् । मिस्टर आर जे को र्याप फिचर भएको गीतको भिडियो यस्तो बनेको छ ।

नाच्नमा पनि माहिर गायक टंक संगै भिडियोमा आरुशी मगर र देबराज थापाको पनि अभिनय देख्न सकिन्छ । प्रकाश खड्काले खिचेको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । काठमाण्डौ स्थित गोदावरीमा छायांकन भएको भिडियोलाई गायक टंकले आफ्नै नामको युट्युब च्यानलबाट सार्बजनिक गरेका हुन् । भिडियोलाई मिलन बिकले सम्पादन गरेका हुन् ।

Published date : 2017-11-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ