Flash
ए एम प्रोडक्सनको नौलो प्रस्तुति “भुलेको छैन ” सांगीतिक बजारमा आएको छ । केहि समय अघि पहिलो गीत ‘तिमी नै तिमी’ सार्वजनिक गरि नेपाली सागीतिक आकाशमा प्रबेश गरेका पप गायक सुजन ढकालले आफ्नो दोश्रो गीत ‘भुलेको छैन’को म्युजिक भिडियो हालसालै मात्र सार्वजनिक गरेका छन् । आफ्नै शब्द ,सङीत र भिडियो निर्देशन समेत गरेक गायक ढकालको यस गीतमा मानषी किरणको संगीत संयोजन गरेका छ्न । “भुलेको छैन “मा गायक ढकालले आफ्नो अभिनयको साथ साथै निर्देशन कला पनि देखाएका छ्न। ललितपुरका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरियेको उक्त म्युजिक भिडियोमा ढकाललाई अभिनयमा नव मोडेल आयशा खड्काले साथ दियेकी छिन। बिकाश अधिकारीको क्यामेरा र निकेश महर्जनको सम्पादन रहेको भिडियोलाई ए एम प्रोडक्सनले निर्माण गरेको हो ।
Published date : 2018-09-27