Flash

काठमान्डौँ मंसिर १०
डेढ दर्जन बढी फिल्ममा नायिकाको भूमिका निर्वाह गरेकी चर्चित अभिनेत्री अनु शाह तेस्रो लिंगी भएको खुलासा भएको छ । गायक तुलसी सिवाकोटीको भर्खरै सार्वजनिक भएको ‘म त मान्छे सिधा साधा’ बोलको आधुनिक गीतमा अनुले तेस्रो लिंगीको भूमिका निर्वाह गरेकी छिन् ।
सुर्य खत्रीको शब्द रहेको रोमान्टिक शैलीको उक्त गीतमा अनु शाहको साथमा गायक शिवाकोटीले नै अभिनय गरेका छन् । लिला सिवाकोटीको संगीत र निरज श्रेष्ठको एरेन्ज रहेको गीतको म्यूजिक भिडियो रोमान्टिक शैलीमा निर्माण भएको छ ।
उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक निशान घिमिरे हुन् । गीतको म्यूजिक भिडियोलाई हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
यूरोपका नेपालीहरु माझ लोकप्रिय रहेका गायक शिवाकोटीको यो गीत सार्वजनिक भएसँगै नेपाली गीत संगीतको क्षेत्रमा उनको क्रेज बढ्ने निश्चित देखिन्छ ।
हेर्नुहोस् भिडियो ः

Published date : 2017-11-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ