Flash

काठमाडौ । गायक तथा मोडल सञ्जु हाङ सुब्बाको ‘माया टाढा’ बोलको गीत बजारमा लिएर आएका छन् । २६ बर्ष देखि संगीत क्षेत्रमा निरन्तर लागिरहेका सञ्जुले नेपालीहरुको महान चार्ड दसैँ तिहारलाई तार्गेट गरे माया टाढा बजारमा लिएर आएका हुन् । भारतिय सैनिकमा कार्यरत उनले आफ्नो कथा ब्यथालाई गीत मार्फत घरकी पियारीलाई सम्झेर गाएका छन् । बहुप्रतिभाका धनि सञ्जुले यस गीतमा मोडलिङ पनि गरेका छन् । उनलाई मोडल तथा अभिनेत्री अनु पराजुलीले अभिनयमा साथ दिएकी छन् । यति मात्र होइन उनले प्राय आफ्ना गीतमा आफै अभिनय गर्दै आएका छन् ।
दर्जन भन्दा बढि गीत गाएका सञ्जु हाङले यस गीतमा आफैले शब्द तथा संगीत भरेका छन् । भारतिय सेनामा करिव २० बर्ष बिताएका उनले फुर्सदको समयमा गीत संगीतमा रमाउन मन लागेको बताए । बाबु बाजे पनि सांगितिक क्षेत्रमा रहेकाले आफुलाई सांगितिक रुपमा आउन सजिलो भएको बताए । मैले सिक्किममा धेरै गीत गाएको छु उनले भने, सिक्किममा हुने विभिन्न कार्यक्रममा आफुलाई गीत गाउन अफर आउने गरेको थियो । त्यहि मायालाई अहिले नेपाल आएर गीत रेकर्ड गराए । सिक्किममा थोरै नेपाली भाषी भएकाले म आफ्नो पुर्खौली थलो नेपाल आएर गीत गाएको छु । यसरी नेपाल आएर ३ करोड नेपाली माझ गीत पस्कन पाउदा खुसी लागेको बताए ।
उनले यस अघि बेष्ट अफ सञ्जु ,एलोन,सगुन,पुरानो चोट,सिक्किमिस, माया माया ,जुनि जुनि लगायत गीतहरु बजारमा ल्याएर चर्चा कमाईसकेका छन् । सिक्किममा बसेर नेपाली गीत संगीतलाई माया गर्दै आएका सञ्जुले नेपाली गीत प्रतिको माया दर्साएका छन् । राहुल राइले खिचेको माया टाढा छ मा सम्पादन सुवास जिसीले गरेका छन् भने निरज कुमारले निर्देशन गरेका छन्

हेर्नुहोस भिडियो

Published date : 2018-11-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ