Flash
पछिल्लो समय धेरै गीतको को अभिनयमा ब्यस्त रहेका मोडेल डीआर अधिकारी र नायिका अनु शाह अभिनित ”तिम्रो मिठो बातमा” गीत सार्बजनिक भएको छ। ओम सुनुवार र कविता श्रेष्ठको स्वरमा रहेको गीत ”तिम्रो मिठो बातमा” कविता श्रेष्ठको शब्द र ओम सुनुवारको संगीत रहेको छ
अर्जुन अधिकारीको निर्देशनमा बनेको ”तिम्रो मिठो बातमा”को भिडियोमा उत्सव दाहालको छायांकन, पदम तिमिल्सिनाको सम्पादन रहेको छ ओम सुनुवार र कविता श्रेष्ठको यस अघि नेपाली फिल्म झमक बहादुरमा समाबेश रिमिक्स गीत ‘आमैले भन्थे’को सर्बाधिक मन पराइएको थियो भने कोरियाबाट केहि समय अघि म्युजिक भिडियोको अभिनयमा डेब्यु गरेका पोखरा स्थायी घर भएका मोडेल अधिकारीले यसलाई नै व्यवसायिक रुपमा अघि बढाउन लागिपरेका छ्न उनको ६/७ वटा म्युजिक भिडियोहरु पोस्ट प्रोडक्सनमा रहेका छन।
Published date : 2018-11-07