Flash

काठमाडौं, १ मँसिर
अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ चलचित्रमासँगै अनुबन्धित भएका छन् । यी दुई चर्चित कलाकारलाई अब दर्शकले चलचित्रमा सँगै देख्न पाउने भएका छन् ।
नयाँ चलचित्रका लागि शुक्रबार बेलुका प्रदीप र साम्राज्ञी अनुबन्धित भएका हुन् । चाँडै नाम घोषणा गरिने यो चलचित्र हेमराज बिसीको निर्देशनमा तयार हुने छ । यो चलचित्र बिसीले नै लेखेका हुन् ।
यो चलचित्रलाई ह्याप्पी प्लानेट र काफिया फिम्स्ले निर्माण गर्ने भएको छ । यो चलचित्रलाई आगामी जेठ वा असारसम्म छायाँकन गरिसक्ने प्रस्तुतकर्ता गोविन्द शाहीले बताए । उनका अनुसार यो चलचित्रको जर्मन, फ्रान्स, स्विजरल्यान्ड, बेल्जियम र इटालीमा छायाँकन गरिने छ । चलचित्रको लागत चार करोड लाग्ने पनि शाहीले बताएका छन् ।
चलचित्रलाई ह्याप्पी प्लानेटका तर्फबाट रेणु राणा, दीपक खतिवडा, रुपक थापा, अमन कुमार भण्डारी, काफिया फिल्मस्को तर्फबाट काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

Published date : 2018-11-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ