Flash

काठमाडौँ : एएनपी मिडिया हाउसले आयोजना गरेको राष्ट्रिय नाच घर जमलमा सम्पन्न लिटल आइकन २०१८ सिजन – ७ को बिजेता बन्न सफल भएकी छिन काठमाडौँ बानियाटर निबासी १० बर्षीय सेरियन बेगम । उनले बिजेताको ताज संगै मस्ट पपुलर तथा मस्ट याक्टिभको समेत टाईटल जित्न सफल भएकी थिइन् । निर्णायक मण्डलीको अन्तिम प्रश्नलाई उत्कृष्ट ढंगले उत्तर दिदै तथा मनमोहक प्रस्तुतिको साथमा उनले उक्त बिजेताको ताज पहिरहन सफल भएकी थिइन् ।

लाली गुराँस नेस्नल एकेडेमीमा ४ कक्षामा अध्यनरत छात्र सेरियन बेगम बिद्यालयमा समेत राम्रो बिद्यार्थीको रुपमा चिनिएकी छिन । तेज दिमाग भएकी सेरियन बेगम पढाइ संगै अन्य आन्तरिक क्रियाकलापमा समेत उत्तिकै उत्कृष्ट रहेको उनका समाजसेवी बाबा समिर खानले बताए । काठमाडौँको टोखा नगरपालिका बानियाटरको स्थायी बासिन्दा लिटल आइकन सेरियन बेगम भविष्यमा चर्चित मोडल नायिका तथा समाजसेवी बन्ने चाहना लिएकी छिन ।छोरी सेरियन बेगमले लिटल आइकन २०१८ सिजन – ७ बाट विनरको उपाधि हात पार्दा घर परिवार तथा समाजमा खुसियाली छाएको समाजसेवी तथा उनका बाबा समिर खानले बताए ।

Published date : 2018-11-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ