Flash

संगीत सरोबर डट कम–राजु बोहरा–काठमाडौँ । अडियोको रुपमा केहि समय अगाडी सार्बजनिक भएको “जम्दार बाउको छोरी” बोलको गीतलाई भिडियोको रुपमा पनि सार्बजनिक गरिएको छ । अडियो मात्र बजारमा ल्याईरहंदा अशंख्य श्रोताहरुको तर्फबाट भिडियोको पनि माग आएपछी भिडियोको रुपमा यस गीतलाई सार्बजनिक गरिएको यस गीत समबन्धित कलाकारहरुले बताएका छन् ।

निकै रोमान्चक धारमा तयार भएको यस गीतमामा रामसरण आले र सुनिता छिनालको सुमधुर स्वर रहेको छ । बिशेष गरेर सोह्र सत्र बैंसको उन्मादमा केद्रित यस गीतलाई लय रामसरण आले र शब्द रामसरण ढकालले तयार परेका हुन् । यस गीतको म्युजिक भिडियोमा राज, प्रिती, अनिल, भोज, करिश्मा भिम र लचिनको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन राज तामांगले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन अविनास डी.सी ले गरेका हुन् । “जम्दार बाउको छोरी” बोलको गीत रामसरण आले र रामसरण ढकालको प्रस्तुतिमा बजारमा आएको हो । गीतलाई काब्य म्युजिक प्रालि ले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-11-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ