Flash

काठमाडौं :गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। गायक प्रमोद खरेलकै युट्युब च्यानलमार्फत ‘तानिन उनैले’ बोलको गीत सार्वजनिक गरिएको हो। मुकुन्द पौडेको शब्द समावेश उक्त गीतमा केशव पौडेलको संगीत सुन्न सकिन्छ।
गीतलाई लिएर गायक प्रमोद खरेल पनि एकदमै उत्साहित छन्। उनी भन्छन्, ‘मलाई मेरा दर्शक श्रोताले सधै साथ दिइरहनु भएको छ। यस गीतमा पनि उहाँहरुको साथ पाउनेमा म विश्वस्त छु।’ प्रमोद अहिले गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को कोचका रूपमा काम गरिरहेका छन्।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा नम्रता श्रेष्ठ र सुधिर खनालको अभिनय रहेको छ। रजिव समरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा नम्रता र सुधिरको माया प्रेम देखाइएको छ। भिडियोको मेकिङमा केही फरकपन देखिन्छ।
सर्वजनिक उक्त भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने गीतमा गीतशाहास शाक्यको एरेन्जमेन्ट रहेको छ।
हेर्नुहोस् भिडियो

Published date : 2018-11-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ