Flash

काठमाडौं । गायक तुलसी शिवाकोटीको नयाँ गीत ‘म त मान्छे सिधा साधा’ यतिबेला चर्चामा छ । मायाको नजर बेइमानी, अहिलेको बजार बेइमानी जस्ता मायाप्रेमभित्र नै समर्पित भएको शब्दले गर्दा पनि सबैको मन तान्न सफल भएको हो । सूर्य खत्रीले लेखेको यो गीतको शब्दमा माया प्रेममा भेटिनु र छुटिनुको पनि भर छैन, नजर लाउने बजारको पनि केही भर छैन भन्ने सन्देशभित्र शब्दसँगै धन बराइलीको संगीत दौडिएको छ भने सँगसँगै तुल्सी शिवाकोटीको स्वरले गीतलाई आनन्द दिएको छ । स्वरको जादू छर्न सफल म त मान्छे सिधा साधाले चर्चा बटुल्न सफल भएको हो । युवापुस्ताको मायाप्रेमभित्र लक्षित भएको यो गीतले अहिले यूट्यूबको डिजिटल बजारमा राम्रो स्थान ओगट्न सफल भएको छ ।

गायक शिवाकोटी युरोपतिर बस्छन् । उनको पहिलो गीत कस्तो भयो होला नेपाल मेरो गाउँले उनलाई गायनमा स्थापित गराएको थियो । विदेशको भूमिमा बस्ने नेपालीहरुलाई लक्षित गरेर तयार पारिएको कस्तो भयो होला एकचोटी जन्मभूमिप्रति सम्झना गराउन सफल भएको थियो । उक्त गीत सुमन बैरागीले लेखेका थिए भने गायक शिवाकोटीको संगीत र स्वर रहेको थियो । त्यसको चर्चासँगै युरोपको शहरमा हुने सांगीतिक कार्यक्रमहरुमा दह्रो उपस्थितिका साथ आफ्नो दमदार प्रस्तुति दिँदै आएका शिवाकोटीले नेपाल आएको केही समयमै बजारमा ल्याएको दोस्रो गीत म त मान्छे सिधासाधाले चर्चाको चुलीमा पु¥याइदिएको छ । यो गीतले शिवाकोटीको गायकीको श्रेणीलाई उचाइ दिलाउने मात्र होइन मेला महोत्सवमा पनि राम्रो उपस्थिति जनाउन सफल हुनेछ भन्ने विश्वास लिइएको छ ।

म त मान्छे सिधासाधाको म्यूजिक भिडियोमा गायक शिवाकोटी आफैंले अभिनय पनि गरेका छन् । अभिनेत्री अनुशाहलाई तेश्रो लिंगीको रुपमा प्रस्तुत गरिएको यस गीतको म्यूजिक भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायाँकन गरेका हुन् । निशान घिमिरेको सम्पादन रहेको यस भिडियोलाई हाइलाइट्स नेपालको च्यानलबाट यूट्यूबमा प्रकाशन गरिएको छ ।

 

Published date : 2017-12-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ