Flash

१९ मंसिर, काठमाडौं । अमर स्रष्टा स्वर सम्राट नारायणगोपालको २७ औं स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा उदाएका नारायण गोपालले एउटा मान्छेको मायाले कति, स्वर्गकी रानी, आँखाको भाका आँखैले, मलाई नसोध कहाँ दुख्छ घाउ जस्ता सयौं कालजयी गीत दिएर गएका छन् । सुमधुर स्वरका धनी नारायण गोपाल गुरुवाचार्यको जन्म विक्रम संवत १९९६ मा काठमाडौंको किलागलमा भएको थियो ।

 

उनका कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन् । स्वर सम्राट नारायण गोपालले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोतकृष्ट गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्षमी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वशी रङ, २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो जस्ता दर्जनौ पुरस्कार पाएका थिए ।

 

बागीना पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं सञ्चार मन्त्रालयका सल्लाहकारसमेत रहेका स्वर सम्राट नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो ।

Published date : 2017-12-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ