Flash
काठमाडौँ – विश्व सुन्दरी प्रतियोगीतामा भिडिरहेकी शृंखला खतिवडा यतिबेला चर्चाको शिखरमा रहेकी छिन् । यसैबीच अफगानिस्तानबाट गोर्खा सैनिकहरुले पनि शृंखला खतिवडालाई शुभकामना संदेश पठाउँदै एएटा भिडियो बनाएसँगै उक्त भिडियोले पनि अहिले भाइरल रुप धारण गरेको छ । इन्स्टाग्राममा सक्रिय रहेको गोर्खाहरुको एक समूहले सामूहिक रुपमा शृंखलाको समर्थन गर्दै भिडियो अपलोड गरेसँगै श्रृखलालाई भोट गर्नेको संख्या बढेको छ ।
उक्त भिडियोमा गोर्खा सैनिकहरुले आफूहरुले पनि भोट गरेको हुँदा जित्नको लागि उत्प्रेरित गर्दै अपलोड गरिएको उक्त भिडियो सहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ। ‘मिस वर्ल्ड–२०१८’को मल्टिमिडिया भोटमा सबैभन्दा अगाडि रहेकी नेपाली सुन्दरी शृंखला खतिवडालाई आ साँझ ५ बजेसम्म मात्र भोट गर्न सकिने छ। मंसिर २२ गते चीनको सान्यामा हुने ‘मिस वर्ल्ड–२०१८’को फाइनलका लागि मल्टिमिडिया टाइटलका लागि २ दिन समय थप गरिएसँगै श्रृखलालाई नाइजेरियाकी सुन्दरी अनिताले पछाइरहेकी छिन् । श्रृखलालाई भोट गर्नका लागी मिस वल्र्ड भोटमा सर्च गरेर भोट गर्न सकिन्छ । त्यस्तै प्ले स्टरमा गएर मोभ स्टार नामक एप डाउनलोड गरेर श्रृखलाको भेरीफाइड पेज सर्च गरेर भोट गर्न सकिन्छ ।
Published date : 2018-11-29