Flash
यतिबेला चीनको सान्या सहरमा मिस वर्ल्ड २०१८ चलिरहेको छ । ‘मिस वर्ल्डको इतिहाँसमा नै नेपाल यति नजिक पुगेको यो पहिलो पटक हो ।श्रृङ्खला भारी मतका साथ अग्रस्थानमा छिन् । यस बर्षको मिस वर्ल्ड २०१८ को प्रतियोगितामा नेपाल श्रृंखला खतिवडा अहिले विश्वकै नजरमा परेकी छिन् ।नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वर्ल्ड २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनिया चकित पारेकी छिन् ।
उत्साहजनक भोटले मिस वर्ल्डको आयोजकले २ दिन म्याद पनि थपेको छ । नोभेम्बर ३० सम्म यस विधाको लागि भोट गर्न सकिनेछ । अहिले शंखलाको चर्चा नेपालमा मात्र नभएर नेपालबाहिर पनि हुने गरेको छ ।भारतमा पनि नेपाल सुन्दरी शृंखलाको निकै चर्चा चलेको छ । भारतीय मिडियाले उनलाई मिराको ‘हमसकल’ अर्थात् डुब्लिकेट भएको बताएका छन् ।भारतको चर्चित अनलाइन पोर्टल जनसत्ताले शृंखला मिराको डुब्लिकेट भएको उल्लेख गर्दै समाचार प्रकाशित गरेको छ ।
यस्तै अर्को साइट गोसिपगन्ज डटकमले मिस वर्ल्डमा गएकी शृंखलाको तारिफ गर्दै मिराको हुबहु अनुहार भएको बताएको छ ।उसले लेखेको छ, ‘सायद नेपालकी मिस नेपाल शृंखलालाई थाहा नहोला कि उनको अनुहार शाहिदकी श्राीमती मिरासँग मिल्छ भनेर ।शृंखला भारी मतका साथ अग्रस्थानमा छिन् । यदि यो भोटको अग्रता कायमै रह्यो भने शृंखलाले मल्टिमिडिया अवार्ड जित्ने पक्कापक्की भइसकेको छ ।श्रृंखला खतिवडासँग हुबहु अनुहार मिलेको मीरा राजपूत
हेर्नुहोस् शृंखला खतिवडाको तस्बिर :
Published date : 2018-11-30