Flash

संगीत सरोबर डट कम–राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल कलाकारहरुले पछिल्लो समयमा आफ्ना सृजनालाई कसरी हुन्छ उत्कृष्ट बनाउनमा तल्लिन देखिन्छन् । अहिलेको समयमा जस्तो त्यस्तो गीतले श्रोता एवं दर्शकहरुको मन जित्न गाह्रो भैसकेको छ । किन कि कलाकारहरु संगै यस क्षेत्रलाई बुझ्ने श्रोता एवं दर्शकहरुको पनि कमि हामीले पछिल्लो समय पाउँदैनौ । यसैलाई ध्यानमा राखेर नव कला संगीत प्रालिले भर्खरै दिपक पाल्पाली र राज अजिंगरको संयुक्त प्रस्तुति “आँगन” बजारमा ल्याएको छ ।

गीतको लय शब्द स्वर सबै पक्ष्य बलियो बनेकोले यस गीतबाट अशंख्य श्रोता एवं दर्शकहरुको ध्यान एकात्रित हुनेमा बिस्वास लिन सकिन्छ ।बिष्णु माझि र दिपक कार्की पाल्पालीको मन लोभ्याउने सुमधुर स्वर लहरीबाट बुनिएको यस गीतलाई लय दिपक कार्की पाल्पाली र शब्द राज अजिंगरको साथमा दिपक कार्की पाल्पालीले भरेका छन् । गीतको कथावस्तु अनुसार म्युजिक भिडियोमा सारिका के.सी, राज अजिंगर, मदन, रमेश, लक्ष्मण, कृष्ण र भरत देखिएका छन् ।

रोएर हेर लोक दोहोरी गीतबाट चौतर्फी चर्चा पाएका जोडी दिपक र राजको यो दोश्रो प्रस्तुति हो । पहिलो गीतको चर्चाबाट वास्तविक कलाकारको उपनाम पाएका राज अजिंगर, काहीं कतै गीत भित्र आफ्नो जिबन भोगाई पनि मिश्रण भएको सुनाउछन् । प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-12-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ