Flash

काठमाडौं । मिस वर्ल्डको हेड टु हेड च्यालेन्जको पहिलो राउण्डमा समूह विजेता बनेकी नेपाली प्रतिस्पर्धी श्रृङ्खला खतिवडा दोस्रो चरणमा भने पराजित हुनुपर्यो। श्रृङ्खला शनिबार भएको हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी भेनिसा पेहलासँगको प्रतिस्पर्धामा छनोट बाहिर परिन्। सिंगापुरे सुन्दरीले तीनजना जजको समर्थन पाएर श्रृङ्खलालाई पछि पारिन्।

बाहिरिएपछि श्रृङ्खलाले एक भिडियो सन्देश आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छन्। भिडियोमा श्रृङ्खलाले भावुक अभिव्यक्ति दिँदा उनका आखा रसाएका छन्।

आफूलाई पछि पारेकी मिस सिंगापुर आफ्नो एकदमै मिल्ने साथी भएकोले उसकाबारेमा नकारात्मक कमेन्ट नगरिदिन पनि श्रृङ्खलाले अनुरोध गरेकी छन्।

बारम्बार ‘सरी नेपाल’ भन्दै श्रृङ्खलाले आफू छानिन नसकेकोमा माफी मागेकी छन्। तर टप ३० मा पर्नका लागि अझै पनि संभावना रहेको भन्दै उनले निराश भै नहाल्न अनुरोध पनि गरेकी छन्। अन्य विभिन्न बिधाबाट भोटिङको आधारमा टप ३० मा पर्ने उनको संभावना जिवित नै छ।

आँखा रसाउँदै श्रृङ्खलाले नेपालका लागि पठाएको यो पाँच मिनेट लामो भिडियो सन्देश हेर्नुस्ः

Published date : 2018-12-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ