Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक दोहोरी पारखीहरुका लागि “अधिकार” बोलको गीत भर्खरै बजारमा आएको छ । दुर्गा मर्सांगी मगरको नाममा बजारमा आएको यस गीतमा दुर्गा मर्सांगी मगर र लक्ष्मी तामांगको सुमधुर स्वर सुन्न सकिन्छ । कसैलाई मन देखि माया गरिन्छ र त्यो माया एकोहोरो मात्र बन्दिन्छ भने साच्चै मनले माया गरेको मान्छेलाई जिबनभर भुल्न सकिन्न क्यारे, निन्द्रा फरक भए पनि, उसैको नाम जप्न छोड्ने छैन भन्ने भाव रहेको यस वियोगान्त भावलाई राजेन्द्र सुबेदीले लेखेका हुन् ।

गोबिन्द आलेको मन छुने लय सिर्जना द्वारा सुसजित यस गीतको म्युजिक भिडियोमा सगुन शाही र दिपक रिरुवाको घत लाग्दो अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको अनुसार उनीहरु द्वय बाध्यता र बिबस्ता टाढिए पनि एक अर्कामा बीच भुल्न नसक्ने स्थितिमा पुगेका छन् । “अधिकार बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् भने छायांकन करण चैंसिर र सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

..

Published date : 2018-12-06

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ