Flash

राज बाबु श्रेष्ठको पहिलो मेलोडियस सेन्टिमेण्टल गीत ‘पराइ भयौ छिनमै तिमी’ सार्वजनिक भएको छ । स्थायी ठेगाना महोत्तरी, गौशाला नगरपालिका वार्ड नम्बर १ ईटाटार र हाल नयाँ बस्ति बस्दै आइरहेको रहेको राजबाबु श्रेष्ठले छोटो समयमानै निकै चर्चामा आउन थालेको छ । वहाँको, अहिले सम्म गद्य कविता मात्रै १६३ वटा, स्वतत्र गजल २५० र मुक्तक ३५० रचना भईसकेको छ ।

जस्मध्य, यही मंशीर १६ गते सनिवार संयुक्त मुक्तक चौतारी लोकार्पण हुँदैछ । यत्रो सृजनाहरुको धनिक हुँदाहुँदै पनि किन बजारमा आफ्नो कविता र गजल संङ्ग्रह नल्याएको भन्ने अर्थमा वहाँ भन्नु हुन्छ, अहिले बजारमा कविता र गजल पढ्ने पाठकहरु भन्दा पनि किताबहरु बढि भएको अबस्था छ र त्यसैले मैले कविता र गजल, मुक्तक सङ्ग्रहलाई अहिले बजारमा ल्याउन हतार नगरेको बताउनु भयो । र त्यो भन्दा पहिले मेरो चारवटा उपन्यास मूनारमा, झ्यालको तस्बीर, बन्दफ्रेम भित्रको चिठ्ठी , घार एक नर्क समाजिक र मार्मिक पाठकको मर्मस्पर्षी उपन्यास बजारमा चाँडैनै निकल्ने छु भनेर बताउनु भयो र हाल अहिले गीत एलबम तिर चाख बढेको हुनाले पहिलो गीत “पाराई भयौ तिमी छिन्मै” बजारमा निकलेको हुँ र छिटै एलबम बनाउँछु भनेर ब्ताउन भयो ।

प्रस्तुत गीतमा स्वर अनि संगीत सागर अधिकारी ‘शरद ‘ को रहेको छ भने संगीत सम्योजन साहस शाक्यले गरेका छन । हाललाई स्टुडियो कभर भिडियोको रुपमा मात्रा ल्याइको गीतलाई केही दिनमा नै अफिसियल भिडियोको रुपमा ल्याइने बताइएको छ ।

Published date : 2017-12-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ