Flash

काठमाडौं । लामो समयपछि बलिउड सुपरस्टार अमिताभ बच्चन र शाहरुख खान एउटै फिल्ममा संगै देखिने भएका छन् । सुजय घोषले यो अवसर जुराएका हुन् । घोष्द्वारा निर्देशित थ्रिलर फिल्म ‘बदला’ मा यि दुई सुपरस्टार संगै देखिने भएका हुन् ।

उक्त फिल्ममा तापसी पन्नुले नायिकाको भूमिका निर्वाह गर्नेछिन्। शाहरुखले तापसीको श्रीमानको भूमिका निर्वाह गर्ने बताइएको छ। फिल्ममा अमिताभले पुलिस अधिकारीको भूमिका निर्वाह गर्दैछन् भने नायिका तापसी एक कारोबारी महिलाको भूमिकामा देखिनेछन्।

उक्त फिल्म स्पेनिस फिल्म ुकन्ट्राटेम्पोु को अफिसियल हिन्दी भर्सन हो। शाहरुखको फिल्म ुजिरोु रिलिज भएपछि बदलाको सुटिङ सुरु हुने बताइएको छ।

अमिताभ बच्चन र शाहरुख खान योभन्दा अघि पनि केही फिल्ममा एकसाथ देखिएका थिए। करण जौहरको फिल्म ुकभी खुसी कभी गमु मा अमिताभ र शाहरुखले बाबु–छोराको भूमिका निर्वाह गरेका थिए। सो भूमिकालाई धेरै दर्शकले रुचाएका थिए। –एजेन्सी

Published date : 2018-12-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ