Flash
रोशन पोखरेल ,काठमाडौँ , मंसिर २४– लोकदोहोरी क्षेत्रका चर्चित गायक विशाल सोनी र गायिका विष्णु माझीको आवाजमा रहको निकै मार्मिक गीत ‘धोकाको पसल’ गीतको भिडियो सार्वजनिक भएको छ । आफुले सोचेको प्यारो मान्छेले धोका दिएर चोट दिदाको पिडालाई गीतमा समेटिएको छ । आफनो प्रेमीले धोका दिदा निकै पिडा भएको महशुस गायकले गरेका छन । यमन प्रतिकको शब्द गणेश अधिकारीको लय सिर्जना गीतमा रहको छ । आफनो नाता टुटदा निकै पिडामा भएको र आखाँमा आशुँ बगाउन बाध्य भएको कुरालाई गीतमा निकै गहन रुपमा समेटिएको छ । सुरेश श्रेष्ठको छायाँकन , सुजन शाहीको सम्पादन , कपिल लामाको निर्देशनमा भिडियो तयार गरिएको हो । ‘धोकाको पसल’ गीतमा सारिका केसी , उमङग श्रेष्ठ र तारा पुनको अभिनय रहेको छ ।
‘धोकाको पसल’ को हेर्नुहोस भिडियो
Published date : 2018-12-10